बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी बजेट उत्पादनमुखी बनाउन अध्यक्ष मल्लको आग्रह

शुक्रबार, २९ वैशाख २०८०, १९ : १०
शुक्रबार, २९ वैशाख २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आग्रह गरेका छन् ।  शुक्रबार आगामी बजेटमा सुझाव दिँदै चेम्बरका अध्यक्ष मल्लले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन आग्रह गरेका हुन् ।  

आगामी वर्षको बजेट यथार्थपरक र कार्यान्वयन योग्य तथा चुस्त दुरुस्त हुनुपर्नेमा जोड दिनुपर्ने उनले बताए । अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग रहेको उनले बताए ।   

अध्यक्ष मल्लले विनियोजित विकास बजेटलाई समयबद्ध तालिका अनुसार कार्ययोजना बनाएर खर्च गर्न माग गरे । विद्यमान अर्थ व्यवस्थामा संकुचित मौद्रिक नीतिले व्यापारको असहजिकरण र नियन्त्रणमुखी आर्थिक नीतिहरुको नकारात्मक प्रभावले गम्भीर आर्थिक शिथिलता उत्पन्न भएको उनले बताए । 

अध्यक्ष मल्ले कर बढाउने भन्दा पनि करको दायरा बढाउन आवश्यक रहेको बताए ।   लक्ष्यअनुसारको राजश्व संकलन हुन नसकेको भन्दै करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिन आग्रह उनले गरे । भन्सार प्रशासनलाई चुस्त बनाउनुपर्ने भन्दै भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने उनले बताए । भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाईन ल्याब राख्न समेत माग उनले गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप