आगामी बजेट उत्पादनमुखी बनाउन अध्यक्ष मल्लको आग्रह
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतसँग आग्रह गरेका छन् । शुक्रबार आगामी बजेटमा सुझाव दिँदै चेम्बरका अध्यक्ष मल्लले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन आग्रह गरेका हुन् ।
आगामी वर्षको बजेट यथार्थपरक र कार्यान्वयन योग्य तथा चुस्त दुरुस्त हुनुपर्नेमा जोड दिनुपर्ने उनले बताए । अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग रहेको उनले बताए ।
अध्यक्ष मल्लले विनियोजित विकास बजेटलाई समयबद्ध तालिका अनुसार कार्ययोजना बनाएर खर्च गर्न माग गरे । विद्यमान अर्थ व्यवस्थामा संकुचित मौद्रिक नीतिले व्यापारको असहजिकरण र नियन्त्रणमुखी आर्थिक नीतिहरुको नकारात्मक प्रभावले गम्भीर आर्थिक शिथिलता उत्पन्न भएको उनले बताए ।
अध्यक्ष मल्ले कर बढाउने भन्दा पनि करको दायरा बढाउन आवश्यक रहेको बताए । लक्ष्यअनुसारको राजश्व संकलन हुन नसकेको भन्दै करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिन आग्रह उनले गरे । भन्सार प्रशासनलाई चुस्त बनाउनुपर्ने भन्दै भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने उनले बताए । भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाईन ल्याब राख्न समेत माग उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण