सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली दूतावासलाई एचएसआईद्वारा अवैध निकासी भएका काठका कलाकृति हस्तान्तरण

शनिबार, ३० वैशाख २०८०, ०७ : १७
शनिबार, ३० वैशाख २०८०

अमेरिका । वासिङ्टन डिसी स्थित नेपाली दूतावासलाई डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई)ले १९ र२०औँ शताब्दीका ४० नेपाली काठका कलाकृतिहरू हस्तान्तरण गरेको छ ।

नेपालबाट अवैध रूपमा निकासी गरिएका यी वस्तुहरू सन् २०१० अगस्त १८ मा संयुक्त राज्य अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागले होनोलुलु, हवाईमा जफत गरेको थियो। नेपाल सरकारले सन् २०११ मा यी वस्तुहरू नेपाल फिर्ता गर्न संयुक्त राज्य अमेरिका सरकारलाई आधिकारिक रूपमा अनुरोध गरेको थियो ।

सो अवसरमा राजदूत श्रीधर खत्रीले महत्त्वपूर्ण कलाकृतिहरू फिर्ता ल्याउन  सहयोग गरेकोमा डीएचएस ,विदेश विभाग, सञ्चारमाध्यम र कला तथा सम्पदा अभियानकर्ताहरूलाई धन्यवाद दिए ।

साथै राजदुत खत्रीले हस्तान्तरण गरिएका कलाकृतिहरू र यसअघि बरामद गरिएका अन्य कलाकृतिहरू पुनः प्राप्तिमा परिश्रम र लगनशीलताका लागि डीएचएस र एचएसआईका अन्वेषकहरू र कर्मचारीहरूको प्रशंसा गरे । 

एचएसआईका उपसहायक निर्देशक रिकार्डो मेयोरलले लामो अनुसन्धानपछि नेपाल सरकारलाई यी महत्त्वपूर्ण कलाकृतिहरू सफलतापूर्वक फिर्ता गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले नेपालका अन्य चोरी तथा हराएको कलाकृति फिर्ता गराउन दूतावासलाई एचएसआईले पूर्ण सहयोग गर्ने आश्वासन पनि दिए ।

त्यसैगरी विदेश विभागका कार्यवाहक उपसहायक सचिव स्कट अर्बोमले नेपालका समृद्ध कला र वास्तुकला सम्पदाको संरक्षण र पुनर्स्थापनामा अमेरिकाले नेपालसँगको सहकार्य र सहकार्यलाई निरन्तरता दिने बताए । उनले हस्तान्तरण गरिएका अवैध रूपमा निकासी गरिएका वस्तुको सफलतापूर्वक बरामद गर्नु सहकार्यको पछिल्लो उदाहरण मात्र भएको बताए ।

दूतावासलाई हस्तान्तरण गरिएका कलाकृतिहरूको खजानामा ३९ वटा कुँदिएका र चित्रित काठका पट्टि (प्यानल)हरू र कुदिएको काठको मन्दिर समावेश छन् । यी बहुमूल्य नेपाली कलाकृतिहरू १९ र २०औँ शताब्दी बीचको अवधिको अनुमान गरिएको छ। यी कलाकृतिहरूले भगवान् बुद्धको जीवन र उनका शिक्षाका साथै बौद्ध धार्मिक र सांस्कृतिक मूल्यमान्यता र अभ्यासका विभिन्न पक्षहरूलाई सङ्केत गर्दछ।

दूतावासले नेपालको हराएको र लुटिएको सम्पदाको पुनः प्राप्ति र फिर्ता ल्याउने प्रयासको एक भागको रूपमा नेपाल र संयुक्त राज्य सरकारका सम्बन्धित निकायहरूसँग सक्रिय रूपमा संलग्न रहेको छ।

यसअघि, दूतावासले मे १८, २०२२ मा उमा महेश्वर, चतुर्मुख शिवलिङ्ग, नागराज, पद्मपानी र शाक्यमुनि बुद्धका ढुङ्गाका मूर्तिहरू नेपाललाई सफलतापूर्वक फिर्ता गरेको थियो। दूतावासले प्राप्त भएका कलाकृतिहरू जतिसक्दो चाँडो नेपाल पुरातत्त्व विभागमा पठाइने जनाएको छ । 

Wooden artifact DHS dir addressing amb A DAS1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप