बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

न्युयोर्कमा श्वेत अमेरिकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या

शनिबार, ३० वैशाख २०८०, ११ : ४७
शनिबार, ३० वैशाख २०८०

अमेरिका । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर  मरणासन्न पारी शुक्रबार बिहान न्यु योर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । 

पेनीलाई शुक्रबार दिउँसो म्यानहट्टन फौजदारी अदालतमा उपस्थित गराइदै छ। मे १ मा नीलीको मृत्यु भएकै  दिनमा न्यु योर्क प्रहरीले पेनीलाई सोधपुछ मात्र गरेर रिहा गरेको थियो जसका कारण व्यापक विरोध प्रदर्शन भएको थियो ।

नीलीको हत्या भएको अनुसन्धानबाट पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको छ ।
म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालयका प्रवक्ताले बिहीबार पेनीलाई नरसंहारको आरोपमा पक्राउ गरिने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप