विकास आयोजनामा बजेट सुनिश्चितताको माग गर्दै प्रतिनिधिसभा सदस्य गौतमले सुरु गरे अनसन
आइतबार, ३१ वैशाख २०८०, ०८ : १७
बर्दिया। पूर्व मन्त्रीसमेत रहेको प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले अनसन सुरु गरेका छन् । बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सांसद गौतमले शनिबार साँझ देखी अनसन सुरु गरेका हुन् ।
पूर्व सिँचाइ मन्त्रीसमेत रहेका सांसद गौतमले जब्दीपुल निर्माण, बबई सिँचाइ आयोजनामा बजेट सुनिश्चितता, गुलरियामा तटबन्ध निर्माणको बाँकी काम गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसन सुरु गरेको जनाएका छन्।
सो अनसनमा बस्नु अघि सांसद गौतमले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्रीलाई आफ्नो मागसहितको ज्ञापन पत्र बुझाएका थिए । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै क्षतिग्रस्त भए पछि सो पुल पुनः निमार्ण गर्नुपर्ने उनको प्रमुख माग रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण