उपाधि जित्ने आर्सनलको झिनो आशामाथि ब्राइटनको धक्का
लण्डन । प्रिमियर लिगको उपाधि जित्ने झिनो आशा बोकेको आर्सनललाई ब्राइटन एन्ड होभ अल्बियोनले ठुलो धक्का दिएको छ । आइतबार भएको खेलमा आर्सनल ब्राइटनसँग ०–३ गोलले पराजित भएपछि म्यानचेस्टर सिटी छ सिजनमा पाँचौँपटक उपाधि जित्ने नजिक पुगेको हो ।
अघिल्लो खेलमा सिटीले एभर्टनलाई ३–० ले हराएपछि आर्सनलले त्यसको जवाफ फर्काउनु पर्ने थियो । तर, टोली आफ्नै घरेलु मैदानमा लज्जास्पद हार बेहोर्न बाध्य बन्यो । आर्सनलले सबै गोल खेलको दोस्रो हाफमा खाएको थियो ।
खेलको ५१ औँ मिनेटमा जुलियो एनसिकोले ब्राइटनलाई अग्रता दिलाएका थिए । ८६ औँ मिनेटमा डेनिज उन्डाभले टोलीको अग्रता दोब्बर बनाए भने इन्जुरी समयमा पेर्भिस इस्टुपिनानले तेस्रो गोल थपे ।
अब आगामी आइतबार सिटीले आफ्नो घरेलु मैदानमा चेल्सीलाई हराए लिग उपाधिमाथि कब्जा जमाउनेछ । ३६ खेल पछि आर्सनलको ८१ अंक रहेको छ भने एक खेल कम खेलेको सिटीको ८५ अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण