कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । कामना सेवा विकास बैंकको १६ औं वार्षिक साधारणसभा आइतबार राजधानीमा सम्पन्न भएको छ । साधारण सभामा बैंकको चुक्ता पूँजीको ५२ प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी ४४९ जना सेयरधनीहरुको उपस्थिति रहेको थियो ।
साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी रु. ३,१४,२५,७७,०२१.९३ को ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत समेत गरी कूल ४.६४२१ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
यस्तै बैंकले आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नको लागि बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैंकिङ क्षत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७९/८० को हाल सम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत बिनय दाहालले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको भएतापनि अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका कारण निर्धारित लक्ष्य प्राप्त गर्न केही असहज भएकाले चालु आ.व.मा व्यवसाय वृद्धिको साथै खराव कर्जा असुलीमा बढी ध्यान केन्द्रित गरी कार्य योजना सहित अगाडि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण