माओवादी नेता अग्नि सापकोटा नेतृत्वको टोली चीन जाँदै
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन भ्रमणमा जाने भएको छ । सभामुखको जिम्मेवारीबाट निस्किएपछि पहिलोपटक सापकोटा जेठ पहिलो साता चीन भ्रमणमा जान लागेका हुन् । सापकोटाको नेतृत्वमा १८ जनादेखि २० जनाको टोली चीन भ्रमणमा जान लागेको पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकाटा ‘दीपशिखा’ले बताए ।
‘चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी टु पार्टी सम्बन्ध विस्तार र अनुभव आदनप्रदानमा जान लाग्नुभएको हो । नियमित यसरी नै चल्दै आएको कार्यक्रम अन्तर्गत उहाँहरु जान लाग्नुभएको हो’ सापकोटाले भने, ‘यो लामो समयदेखि चल्दै आएको छ । यो कार्यक्रममा कांग्रेस, एमालेका नेताहरुसमेत जाने आउने गर्नुहुन्छ ।’
कुनै विशेष कार्यक्रमभन्दा पनि नियमित कार्यक्रम अन्तर्गत सापकोटा चीन भ्रमणमा जान लागेका हुन् । सापकोटाको नेतृत्वमा अरु पार्टीका नेता र जनवर्गीय संगठनका नेताहरु समेत सहभागी हुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण