भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गरौं : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अहिले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेका आन्दोलनमा भ्रष्टाचारको आरोप लागेकाहरु नै सहभागी भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले भ्रष्टाचारका आरोपित नै सडकमा विगत ३४ बर्षदेखि यस्तै प्राक्टिस हुँदै आएको बताए ।
अहिले भ्रष्टाचारको आन्दोलनमा स्वयं भ्रष्टाचारका आरोपित नै संलग्न छन् । यो अहिले मात्रै होइन ३४ वर्षदेखि यस्तो प्राक्टिस भइहरेको छ’, शाहीको भनाइ छ ।
शाहीले भ्रष्टाचारका विरुद्ध सडकमा उठ्ने आन्दोलन देख्दा आफैंलाई दिक्क लाग्ने भन्दै यस्ता आन्दोलनले भ्रष्टाचार न्युनीकरण नहुने बताए । उनले भ्रष्टाचारविरुद्ध कानुन बन्दै गर्दा ५ बर्षको हदवन्दी राख्न लागिएकोमा आपत्ति जनाए । शाहीले सडकमा नभई सदनबाट मुलुकका ठुलठुला भ्रष्टाचारका काण्डहरु ३३ केजी सुन, महराको टेप काण्ड, चमेलिया, लाउडा, चेज एयर, ओम्नी, यति, लडाकुका नाममा भएको भ्रष्टाचार, नेपाल ट्रष्ट लगायतका काण्डमा लड्ने हो पार्टी, पंक्ति र सिद्धान्त र दलभन्दा माथि उठेर कानुन बनाउन तयार हो भन्दै उनले प्रश्न गरे ।
‘हुनुहुन्छ भने हेर्न चाहान्छु ल आज हात खडा गर्नुस्, हुनुहुन्छ कोही ?’, ठुला दललाई चुनौती दिँदै शाहीले भने, ‘त्यही भएर अहिले म भन्न चाहान्छु । यसो नगरौं । तिमी हेरेजस्तो गर्नु म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई न्युनीकरण गर्दैन ।’ उनले भ्रष्टाचारीलाई आजिवन कारावास र तिनपुस्ते सम्पति जफत गर्नेगरी कानुन बनाएर अघि बढ्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण