राप्रपाको प्रतिबद्धता : एक व्यक्ति दुई पटकमात्रै प्रधानमन्त्री !
काठमाडौँ । राप्रपाले एक व्यक्ति दुई पटकभन्दा प्रधानमन्त्री बन्न नहुने पक्षमा लबिङ गर्ने भएको छ । राप्रपाको सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले एक व्यक्ति दुई पटकभन्दा बढी समय प्रधानमन्त्री बन्न नपाउने व्यवस्थाका लागि पार्टीले लबिङ गर्ने प्रतिबद्धता जनाएका हुन् ।
यस्तै राप्रपाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जोड दिएको छ । यसैगरी जनप्रतिनिधिहरूको संख्यामा व्यापक कटौती, अभिभावकीय संस्थाको रुपमा राजसंस्था, प्रदेश संरचनाको खारेजी, केन्द्र र बलियो स्थानीय तहमात्रै कायम राख्ने पक्षमा पार्टीले प्रतिबद्धता जनाएको छ ।
यस्तै सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्रको पक्षमा पनि पार्टीले प्रतिबद्धता जनाएको छ । यसैगरी कल्याणकारी राज्य , सुदृढ राष्ट्रियता, विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहमा पार्टीले उच्च प्राथमिकता दिने भएको छ ।
यसबाहेक भ्रष्टाचारप्रति शून्य सहनशीलता, युवालाई स्वदेशमै रोजगारी, युवा वर्गको व्यावसायिक सीप र वृत्ति विकासलगायतमा पनि राप्रपाले प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण