हामीले हलाल क्रान्ति गर्यौँ, छिनाल क्रान्ति गर्न सकेनौं : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आफूहरुले हलाल क्रान्ति गरेपनि छिनाल क्रान्ति गर्न नसकेको बताएका छन् । विद्यार्थी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले क्रान्तिलाई विजयमा पुर्याउन नसक्दा संकट देखिएको बताए ।
‘देशमा बाहिय उपनिवेश छैन । राजामहाराजाको एकतन्त्रीय शासन पनि छैन । यो देशमा सापेक्षतामा लोकतन्त्र छ । जनजीवनको प्रश्न,सुशासनको प्रश्न प्रमुख बनेर आएका छन् त्यसअनुसार अगुवाले नीति तथा कार्यक्रम तय गर्ने, जनतालाई साथमा लिएर अघि बढ्नुपर्छ’ भट्टराईले भने, ‘२००७ सालदेखि २०६२÷०६३ को जनआन्दोलनसम्म आउँदा लोकतन्त्रको लडाई पुरा गर्यौँ । हामीले पूर्ण विजयमा पुर्याएको होइन । हामीले गरेको क्रान्ति हलाल क्रान्ति थियो छिनाल क्रान्ति थिएन । त्यसैले, कतिपय यथास्थितिवादी र पश्चगामी शक्तिहरुसँग सम्झौता गर्न बाध्य भयौं ।’
वैज्ञानिक भूमिसुधार गरी सबै जनताको पहुँचमा जमिन समेत पुर्याउन नसकेको भट्टराई स्वीकार गरे । ‘जनताको सामाजिक सुरक्षा सबैको अधिकार सुनिश्चित गर्नुपर्ने थियो । देशमा रोजगारी सृजना गर्नुपर्ने थियो । यी सबै कुरा स्थापित गरेर जनतामा जान सकेनौं’ भट्टराईले भने, ‘हामीले समायानुकुल परिवर्तन गर्न नसकेमा सकिन्छौं । आफूलाई समय अनुकूल परिवर्तन गर्नुपर्छ ।’
आफूलाई कम्युनिस्ट भन्नेहरुले आचरणमा समेत देखिनुपर्ने भट्टराईले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण