वित्त नीति र मौद्रिक नीति चेक एण्ड ब्यालेन्सको रुपमा रहनुपर्छ : गभर्नर अधिकारी
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले सरकारको वित्त नीति र मौद्रिक नीति चेक एण्ड ब्यालेन्सको रुपमा रहनुपर्ने बताएका छन् । सोमबार राष्ट्र बैंक कर्मचारी संवद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको अर्थतन्त्रको वर्तमान चुनौती सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
‘राजनीति व्यवस्थामा चेक एण्ड ब्यालेन्स भएजस्तै वित्त नीति र मौद्रिक नीतिमा पनि यो आवश्यक छ’ गभर्नर अधिकारीले भने, ‘यी दुबै नीति सँगसँगै जाने हो तर, समस्या आइलागे एकले अर्कोलाई बचाउने गरी स्ट्यान लिनुपर्छ ।’
सोही स्ट्यानको रुपमा राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिँदा वर्तमान आर्थिक स्थिति थप बिग्रन नपाएको उनले बताए । तर, सरकारले मौद्रिक नीतिकै कारण अवस्था बिग्रिएको जसरी हेरिदिँदा समस्या भएको उनले बताए ।
‘मौद्रिक नीतिको आफ्नै सीमितता छ । यहीँ बाध्यताकाबीच धेरै कुरा समेट्न सकिएन । तर, यसले वर्तमान अर्थतन्त्रलाई सुधार गर्न सहयोग नै पुग्छ भन्ने हामीले विश्वास लिएका छौं’ उनले भने ।
सोही अवसरमा गभर्नर अधिकारीले अहिले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै आगामी दिनहरु बैंक तथा वित्तीय क्षेत्रलाई थप चुनौतीपूर्ण रहेको बताए ।
गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले करको दायरा विस्तारसँगै राजश्व वृद्धि गर्नुका साथै भन्सार व्यवस्थापनको सुधारमा समेत सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण