शंकर पोखरेल भन्छन् –‘पपुलिष्ट मुभमेन्ट’ ले संकट समाधान हुँदैन
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘पपुलिष्ट मुभमेन्ट’ ले आजको संकट समाधान नहुने बताएका छन् ।
उनले नेतृत्व परिवर्तन पपुलिष्ट मुभमेन्टबाट हुन सक्ने भएपनि समाज परिवर्तन विचारधारात्मक जगमा निर्धारित उद्देश्य र लक्ष्यमा आधारित आन्दोलन र अभियानबाट मात्र सम्भव हुने समेत बताएका छन् ।
‘नेतृत्व परिवर्तन पपुलिष्ट मुभमेन्टवाट पनि भएका छन् । तर समाज परिवर्तन विचारधारात्मक जगमा निर्धारित उद्देश्य र लक्ष्यमा आधारित आन्दोलन र अभियानबाट मात्र सम्भव हुन्छ’, सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले भनेका छन्,‘नेपालमा आजसम्म सम्पन्न भएका क्रान्तिहरु राजनीतिक परिवर्तनको उद्देश्यमा आधारित थिए । ती क्रान्तिबाट समाज परिवर्तनको उद्देश्य पुराहुने कुरै भएन । तर राजनीतिक परिवर्तनलाई समग्र क्रान्तिका रुपमा बुझ्ने कुराले समाजमा असन्तुष्टि सिर्जना हुनपुग्यो ।’
त्यस्तै उनले दुनियाँमा सम्पन्न हरेक क्रान्तिले राज्यसत्तामा वर्ग नेतृत्वको प्रश्न हल गर्ने भन्दै नेपालमा सम्पन्न राजनीतिक क्रान्तिले नेतृत्वको प्रश्न हल गर्न नसकेको पनि बताएका छन् ।
‘नेतृत्वको प्रश्न हल नभएर नै नेपाली समाजले राजनीतिक परिवर्तनपछिको गन्तव्य पक्रन सकेको छैन’, पोखरेलले भनेका छन, ‘नेपालको मौलिक क्रान्तिले निरुपण गर्न नसकेको नेतृत्वको प्रश्नको निरुपण आवधिक चुनावका माध्यमबाट गर्नुपर्ने हुन्छ ।’
नेपालमा धेरै राजनीतिक दलहरुका बीचमा जनमत विभाजित भएका कारणले नै राज्यसत्तामा वर्ग नेतृत्वको प्रश्न हलहुने गरी जनमत प्रकट हुन नसकेको पनि बताएका छन् ।
यस्तो अवस्थामा मुलुकमा राजनीतिक ध्रुवीकरणका माध्यमबाट नेतृत्वको प्रश्न हलगर्न सक्नु पर्ने पोखरेलको भनाइ छ । तर नेपालका विचारक ठानिने बुद्धिजीवी भूराजनीतिको चपेटाको आर्थिक प्रलोभनको प्रभावमा परेर यस्ता प्रश्नमा छलफल र बहस नै गर्न नचाहने गरेको पोखरेलको आरोप छ ।
‘जसका कारणले नेपालमा सामाजिक अराजकता र त्यसको असन्तुष्टिको जगमा पपुलिष्ट मुभमेन्टको असर देखिँदै छ । पपुलिष्ट मुभमेन्टले आजको संकटको समाधान दिने होइन, त्यसबाट महत्त्वपूर्ण समयको बरबादी मात्र हुने हो’, पोखरेलले थप भनेका छन्,‘त्यसैले पपुलिष्ट मुभमेन्ट भर्सेज सोसियो इकोनोमिक चेन्जका विषयमा बहसगर्ने वेला भएन र ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण