भ्रष्टाचारीलाई तह लगाउन जागे बालेन
काठमाडौँ । महानगरपालिका मेयर बालेन शाहले भ्रष्टाचारीलाई तह लगाउन उजुरी आह्वान गरेका छन् । महानगरभित्रका कुनै पनि कर्मचारीले घूस मागेमा प्रमाणसहित आफूकहाँ आउन उनले आह्वान गरेका हुन् ।
उनले त्यसका लागि आफ्नो सम्पर्क नम्बर सार्वजनिक गरेका छन् । उजुरीकर्ताले ह्वाट्सएपमार्फत ९८६३५९२०११ नम्बरमा प्रमाण सहित उजुरी दिन सक्ने उनको भनाइ छ । उनले यो मोबाइल आफूले मात्र बोक्ने भएकाले उजुरी पठाउनेको नाम गोप्य राखिने स्पष्ट पारेका छन् ।
‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियोसहित’, शाहले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन् ।
कसैले बिना प्रमाण यसले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनुभन्दा पनि प्रमाण जुटाएर आउन उनले सबैसँग आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण