सङ्गठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने कार्यमा व्यवधान खडा नहोस्: इन्सेक
काठमाडौँ । इन्सेकले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सङ्गठित अपराधको संज्ञा दिएको छ । उसले निर्भीकतापूर्वक अनुसन्धान गर्ने कर्तव्य पालनाका लागि राज्यका संयन्त्रमाथि कुनै पनि किसिमको व्यवधान खडा नहोस् भन्नेमा सजग रहन सबै दलका नेतृत्वको ध्यानाकर्षण गराएको छ ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले मंगलबार जारी गरेको विज्ञप्तिमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रकृया प्रमुख दलहरूका उच्चस्तरीय राजनीतिक नेतृत्वको तथाकथित सहमतिका कारण टुङ्गोमा नपुग्ने हो कि भन्ने आशङ्का पैदा भएको उल्लेख गरेका छन् ।
'यस मामिलामा गहन र निष्पक्ष छानविन गरी संसारको नजरमा नेपाल राष्ट्रको प्रतिष्ठा पूर्णतः धराशायी हुन नदिने अवसर गुमाउनु हुँदैन । तर, सरकारको नेतृत्व र राज्यका विभिन्न निकायहरूकै भ्रष्टाचार र अनियमिता विरुद्धको प्रतिबद्धतामा समेत प्रश्न उठिरहेको आजको अन्योलपूर्ण अवस्थामा आमजनता, नागरिक समाज र सार्वभौम सत्ता सम्पन्न जनताको प्रतिनिधिमूलक संस्था संसदले अझ जागरुक हुँदै प्रभावकारी भूमिका निर्वाह गर्नु जरुरी छ'-विज्ञप्तिमा उल्लेख छ ।
विधायक र उच्च पदस्थ राजनीतिक व्यक्तित्वहरूसहित राज्य संयन्त्रको संलग्नतामा भएको अपराधको जरासम्मै छानविन गरी सम्पूर्ण आरोपितहरूमाथि कानुनी कारबाही हुनुपर्ने इन्सेकको भनाइ छ ।
इन्सेकले प्रहरी तथा राज्यका अन्य अङ्गबाट हालसम्म भएको अनुसन्धान कार्यको सराहना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण