जंगलमा आगो लगाउने कार्यमा संलग्न ४ जना पक्राउ
मङ्गलबार, ०२ जेठ २०८०, १५ : १८
बुटवल । जंगलमा आगो लगाउने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ स्थित ढाकाबाङको जंगलमा आगो लगाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देविराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई पक्राउ गरेको हो ।
जंगली जनावरले सताएपछि आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए । सो जंगलमा लागेको आगो वस्तीतिर आएपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण