बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जंगलमा आगो लगाउने कार्यमा संलग्न ४ जना पक्राउ

मङ्गलबार, ०२ जेठ २०८०, १५ : १८
मङ्गलबार, ०२ जेठ २०८०

बुटवल । जंगलमा आगो लगाउने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  अर्घाखाँचीको  भूमिकास्थान नगरपालिका–२ स्थित ढाकाबाङको जंगलमा आगो लगाउने कार्यमा संलग्न रहेको आरोपमा  प्रहरीले स्थानीय ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देविराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई पक्राउ गरेको हो । 

जंगली जनावरले सताएपछि आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले  बताए । सो जंगलमा लागेको आगो वस्तीतिर आएपछि  निभाउने क्रममा चार जनाको ज्यान गएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप