बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

७ दिनभित्र रमाना नलिने कर्मचारी कारबाहीमा पर्छन्: मन्त्री मोदी

मङ्गलबार, ०२ जेठ २०८०, १६ : ५६
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले पूर्व राष्ट्रसेवक कर्मचारीहरूको विवेक, क्षमता र अनुभवलाई राज्यले उपयोग गर्नुपर्ने बताएका छन् ।  

सेवा निवृत्त राष्ट्रसेवक संघ नेपालको चौथो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । 

‘पूर्व प्रशासकको रूपमा तपाईँहरूले हासिल गरेको विवेक, क्षमता र अनुभवलाई राज्यले कुनै न कुनै रूपमा उपयोग गर्नुपर्छ’ उनले भने, ‘राष्ट्रको सेवा गर्ने क्रममा तपाईँहरूले हासिल गर्नुभएको अनुभव राज्यका लागि सम्पत्ति हो, त्यसको राज्यले उपयोग गर्नुपर्छ भन्नेमा सरकार गम्भीर छ ।’ 

मन्त्री मोदीले जनताको सेवा नै सबैको प्राथमिकता रहेको बताउँदै भने, ‘सेवा निवृत्त हुनुभएका तपाई राष्ट्र सेवकहरूबाट सिक्नुपर्ने कुरा धेरै छ । देश र जनताको इमानदारितापूर्वक सेवा गरेकाहरू अधिकार र सेवा सुविधाबाट वञ्चित भइराखेका पनि छन्, संगठित रूपमा तपाईँहरूले राज्यलाई घचघच्याइरहनुभएको छ, यो कार्य प्रशंसनीय छ ।’  

सेवा निवृत्त राष्ट्र सेवकहरूलाई यातायात र स्वास्थ्य उपचार सुविधामा सहुलियत दिने विषयमा सरकारले आवश्यक गृहकार्य गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी सुशासन कायम गर्ने विषय नै सरकारको प्राथमिकता भएको मन्त्री मोदीको भनाई थियो ।

मन्त्री मोदीले रमाना नलिने र नदिने दुवै कर्मचारीलाई विभागीय कारबाही गर्ने गरी परिपत्र भइसकेको समेत बताए । ‘जसको जहाँ सरुवा भएको छ, त्यहाँको लागि रमाना नलिने र कार्यालय प्रमुखले पनि रमाना नलिने गरी भइरहेको बेथिति अन्त्यका लागि ७ दिनभित्र रमाना लिन वा दिन मन्त्रीस्तरीय निर्णयबाट परिपत्र भइसकेको छ’ उनले भने, ‘७ दिनभित्र यो प्रक्रिया पूरा गर्ने जो कोही माथि विभागीय कारबाही हुन्छ ।’ 

उनले बढुवा भएका कर्मचारीहरूलाई अनिवार्य रूपमा स्थानीय तहमा खटाएको समेत बताए ।वि.स. २०५३ सालमा स्थापना भएको यो संगठनमा देशभरका सेवा निवृत्त निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, नर्स, डाक्टर, इन्जिनियर लगायत संगठित रहेका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप