सिद्धार्थ बैंकलाई आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलरको सुविधा स्वीकृत
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन (आईएफसी) बीच नेपालका लघु, साना तथा मझौला उद्यमी (एमएसएमई) हरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको छ । यस अन्तर्गत आईएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गर्नेछ । बैंकलाई प्रदान गरिने सो ऋण रकम आईएफसीद्वारा कुनै पनि नेपाली बैंकलाई हालसम्म प्रदान गरिएको सबैभन्दा बढी ऋण रकम हो ।
यस सहकार्य सँगै बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपुर्ण कृषि जस्ता परियोजनामा लगानी गर्नेछ । यस सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन र प्रवर्द्धन गर्न र हाल नेपालको बैंकिङ्ग प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केहि हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण