आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकलाई आईएफसीबाट ५ करोड ५० लाख अमेरिकी डलरको सुविधा स्वीकृत

मङ्गलबार, ०२ जेठ २०८०, १८ : ३८
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन (आईएफसी) बीच नेपालका लघु, साना तथा मझौला उद्यमी (एमएसएमई) हरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको छ । यस अन्तर्गत आईएफसीले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गर्नेछ । बैंकलाई प्रदान गरिने सो ऋण रकम आईएफसीद्वारा कुनै पनि नेपाली बैंकलाई हालसम्म प्रदान गरिएको सबैभन्दा बढी ऋण रकम हो ।

यस सहकार्य सँगै बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपुर्ण कृषि जस्ता परियोजनामा लगानी गर्नेछ । यस सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन र प्रवर्द्धन गर्न र हाल नेपालको बैंकिङ्ग प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केहि हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप