अर्थ
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो
पेट्रोलको मूल्य यथावत्
मङ्गलबार, ०२ जेठ २०८०, २० : १३
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको छ । नयाँ मूल्य सूची मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
ईण्डियन आयल कर्पोरेशन लिमिटेडले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर १५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण