बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

पेट्रोलको मूल्य यथावत्
मङ्गलबार, ०२ जेठ २०८०, २० : १३
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको  मूल्य यथावत् राखिएको छ । नयाँ मूल्य सूची मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । 

ईण्डियन आयल कर्पोरेशन लिमिटेडले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर   १५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ । 

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप