आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सर्वोच्च अदालतको फैसलाविरुद्ध नागरिक उन्मुक्ति पार्टीले गर्‍यो विरोध प्रदर्शन, तस्बिरहरु

सर्वोच्च अदालतको फैसलाविरुद्ध नागरिक उन्मुक्ति पार्टीले गर्‍यो विरोध प्रदर्शन, तस्बिरहरु

मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत् राखेपछि नागरिक उन्मुक्ति पार्टीले विरोध प्रदर्शन गरेको छ । 

सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै पार्टीका केही नेता–कार्यकर्ताहरूले विरोध जनाएका हुन् । 

उनीहरुले मंगलबार साँझ माइतीघर मण्डलामा भेला भई सर्वोच्चको फैसलाप्रति विरोध जनाएका छन् । प्रदर्शनमा नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर पुगेका थिए । 

उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको र तत्काल रेशम चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया