परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
सारांश
- इतिहासविद् राजकुमार पोखरेलले बढ्दो प्रविधिको प्रयोग र एआईले इतिहासको संरक्षण र सङ्कलनमा चुनौती थपेको बताएका छन् ।
- उनले परराष्ट्र मन्त्रालय, सेना र प्रहरीसँग रहेका ऐतिहासिक दस्ताबेज लामो समयसम्म गोप्य राख्ने अभ्यासले कूटनीतिक तथा सुरक्षा इतिहासको अध्ययनमा बाधा पुगेको बताए ।
- अप्रमाणित ऐतिहासिक सामग्रीको प्रभाव न्यूनीकरण गर्न र ऐतिहासिक स्रोत सामग्री निश्चित समयपछि हस्तान्तरण गर्ने व्यवस्था गर्न कानुन निर्माणमा जोड दिएका छन् ।
काठमाडौँ । इतिहासविद् राजकुमार पोखरेलले बढ्दो प्रविधिको प्रयोग र एआईको कारण इतिहासको संरक्षण र ऐतिहासिक सामग्री सङ्कलनमा चुनौती बढेको बताएका छन् । सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले डिजिटल माध्यममा प्रसारित अप्रमाणित ऐतिहासिक सामग्रीको प्रभावलाई न्यूनीकरण गर्न कानुनी सुधारको आवश्यकता रहेको बताए । उनले परराष्ट्र मन्त्रालय, नेपाली सेना र नेपाल प्रहरीसँग रहेका ऐतिहासिक महत्वका दस्ताबेज लामो समयसम्म गोप्य राख्ने अभ्यासले कूटनीतिक तथा सुरक्षा इतिहासको अध्ययनमा बाधा पुगेको पनि बताए ।
उनले कूटनीतिक तथा सुरक्षासम्बन्धी इतिहास निश्चित समयपछि राष्ट्रिय अभिलेखालय वा इतिहास संरक्षण गर्ने निकायलाई हस्तान्तरण गर्ने व्यवस्था गर्नुपर्ने बताए । चार दशकअघि समाप्त भइसकेको पञ्चायती व्यवस्थासम्बन्धी अभिलेखसमेत सहज रूपमा अध्ययनका लागि उपलब्ध नहुनु चिन्ताजनक भएको बताए ।
उनले भने– ‘परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक सम्बन्धको विषयमा इतिहास लेखन जटिल बनाइरहेको छ । अर्को, कतिपय हाम्रा सोध सामग्रीहरू सेना र पुलिससँग छन् । १० वर्षसम्म त्यो कुराहरू सार्वजनिक गर्न नमिल्ला तर त्यसपछि दिनुपर्छ नि । बाहिर विदेशमा निश्चित समयको लागि गोपनीयताको कारणले राखे पनि निश्चित समयपछि आफैँ भङ्ग गरिदिन्छ ।’
उनले थप भने, ‘१० वर्ष पछाडि ती कागजपत्रहरू निश्चित एउटा इतिहास इतिहासका सामग्रीहरू हिस्टोरिकल सामग्रीहरू सङ्कलन गर्ने निकायलाई सरकारी निकायलाई नै पनि जिम्मा दिएको हुन्छ । त्यसलाई फन्तुरमा थुनेर राख्नुपर्ने अथवा लाइब्रेरीमा सजाएर राख्नुपर्ने हुँदैन । नेपालको सन्दर्भमा यो कुराले पनि बाधा आइरहेको छ । अर्को, स्रोत सामग्रीहरू बुझ्न हामीले युटुबलाई कसरी सुरक्षित राख्ने ? कसरी सङ्कलन गरेर राख्ने ? युटुबमा आएका इतिहास भन्ने बित्तिकै फेरि सबै इतिहास बन्दैन, स्रोतहरू सबै सत्य हुँदैनन् । इतिहास बुझ्नका निम्ति हामी के गर्छौँ भन्दा इतिहासका स्रोतहरूलाई परीक्षण गरेर हेर्छौँ । त्यसको आन्तरिक र वाह्य परीक्षण गर्छौँ । यदि सही छैन भने त्यो सामग्री गलत भयो । अहिले एआईको जमानामा सही हर गलत छुट्याउन गाह्रो छ ।’
उनले अप्रमाणित ऐतिहासिक व्याख्या रोक्न सरकारले कानुन निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण