क्यामरुनको ब्यवहारबाट रिसाए योकोभिच
काठमाडौं । विश्व टेनिसका चर्चित खेलाडी हुन्, नोभाक योकोभिच । उनी यतिबेला इटालीको रोमा जारी इटालियन ओपन टेनिस खेलिरहेका छन् । इटालियन ओपनलाई निकट भविष्यमा हुने ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनको तयारीका रुपमा पनि लिइन्छ ।
३५ वर्षीय सर्बियन खेलाडी योकोभिचलाई शान्त स्वभावको खेलाडीका रुपमा हेरिन्छ । तर, इटालियन ओपनको मंगलबार राति भएको खेलका क्रममा उनी एकाएक आक्रोसित भएर विपक्षी खेलाडीमाथि खनिएका थिए । यद्दपि, उक्त प्रतियोगितामा विजयी हुँदै उनी क्वार्टरफाइनलमा पुगेका छन् ।
पहिलो वरीयताका योकोभिच र १३औं वरीयतामा आसिन ब्रिटिस खेलाडी क्यामरुन नोरीबीच प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न भिडन्त हुँदै थियो । २७ वर्षीय क्यामरुन करिबकरिब हारको संघारमा पुगिसकेका थिए । सम्भावित पराजयलाई स्वीकार्न गाहे मानिरहेका क्यामरुनले कोर्टमा एकाएक अभद्र ब्यवहार देखाए । उनको ब्यवहारबाट योकोभिचमात्र होइन, खेल हेरिरहेका हजारौं दर्शक पनि स्तब्धः भए ।
योकोभिचले अंक बटुलिसकेपछि पनि आफूतर्फको कोर्टमा बाउन्स भएको बललाई क्यामरुनले योकोभिचतर्फ जवाफी प्रहार गरे । त्यसपछि आफूतर्फ आएको बललाई योकोभिचले हावमा निकै माथि हुइँक्याए । बल हावामा निकै माथि हुँदा योकोभिच आफ्नो पोजिसनमा फर्कँदै थिए ।
त्यतिबेला योकोभिचको पिठ्युँ क्यामरुनतिर थियो । हावामा रहेको बल आफूनजिक आएपछि क्यामरुले आफ्नो ¥याकेटले त्यो बललाई आफ्नो पोजिसनमा फर्कंदै गरेका योकोभिचतर्फ प्रहार गरे । बल निकै तिब्रगतिमा योकोभिचको बायाँ खुट्टामा ठोक्कियो ।
सम्भावित हारबाट आक्रोसित बनेका क्यामरुनको त्यो ब्यवहारबाट योकोभिच थोरै आक्रोसित देखिए । तर, उनले तत्काल क्यामरुनलाई केही भनेनन् । तर, खेल सकिएपछि भने योकोभिचले क्यामरुनको उक्त ब्यवहारको आलोचना गरे । उक्त खेलमा ६—३, ६—४ ले विजयी हुँदै योकोभिच क्वार्टरफाइनलमा पुगे ।
खेलका क्रममा क्यामरुले त्यसअघि पनि योकोभिचलाई चिढ्याएका थिए । ‘यी यस्ता घटना हुन्, जसले हामी खेलाडी फेयर प्लेप्रति कति गम्भिर छौं भन्ने देखाउँछ,’ खेलपछि योकोभिचले भनेका थिए, ‘हामी खेलाडी एकअर्कासँग कसरी प्रस्तुत हुन्छौं भन्ने कुरा पनि यो घटनबाट झल्कन्छ ।’ क्यामरुले प्रहार गरेको बलले योकोभिचको खुट्टामा चोट लागेपछि खेल केही समय रोकिएको थियो । सामान्य उपचारपछि योकोभिच पुनः कोर्टमा फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण