आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेनले अमेरिकी ऋण संकटको बीचमा अस्ट्रेलिया भ्रमण रद्द गरे, क्वाड देशहरूको बैठक स्थगित

बुधबार, ०३ जेठ २०८०, ०९ : २४
बुधबार, ०३ जेठ २०८०

अमेरिकी राष्ट्रपति जो बाइडेनले जी–७ शिखर सम्मेलनपछि पपुवा न्यु गिनी र अस्ट्रेलियाको आफ्नो निर्धारित भ्रमण रद्द गरेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानमा हुने जी–७ शिखर सम्मेलनमा भाग लिएर फर्कने र अस्ट्रेलियामा हुने क्वाड नेताहरूको शिखर सम्मेलनमा सहभागी नहुने बताएका छन् ।

अमेरिकामा ऋण संकटको बीचमा बाइडेनले यो निर्णय लिएका हुन् । बाइडेनले मंगलबार ह्वाइट हाउसमा यस सम्बन्धमा आपतकालीन बैठक पनि गरे ।

अमेरिकामाथि हाल ३१,४०० अर्ब डलर ऋण छ । अमेरिकी सरकारले ऋण लिने सीमा पार गरिसकेको छ । तर, ऋण तिर्नका लागि अमेरिकी सरकारले थप ऋण लिनुपर्ने हुन्छ, अर्थात् ऋणको सीमा बढाउनुपर्ने हुन्छ । 

क्वाड देशहरूको बैठक २२ देखि २४ मे सम्म अस्ट्रेलियाको सिड्नीमा आयोजना हुँदै थियो । यस बाहेक बाइडेनको पपुवा न्यु गिनी भ्रमणलाई पनि ऐतिहासिक मानिएको थियो, किनकि उनी त्यहाँ जाने पहिलो अमेरिकी राष्ट्रपति हुन्थे ।

जो बाइडेनको भ्रमण रद्द भएपछि क्वाडको आयोजना गरिरहेको अस्ट्रेलियाले सिड्नीमा हुने चार देशका नेताहरूको बैठक पनि स्थगित गरेको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई उद्धृत गर्दै अस्ट्रेलियाली सञ्चारमाध्यमले यो जानकारी दिएको हो ।

बाइडेनले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई आफ्नो भ्रमण रद्द भएको जानकारी गराएको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप