मदन भण्डारीको सपना पूरा गर्न सकिन्छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्व. मदन भण्डारीको नयाँ नेपाल बनाउने सपना अहिले अधुरो भए पनि पूरा गर्न सकिने बताएका छन् ।
बुधबार ३० औं मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेका तत्कालीन महासचिव समेत रहेका मदन भण्डारीले नयाँ नेपालका लागि थालेको अभियान पुरा गर्न नपाइ नै उहाँको निधन भएको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मदनलाई आदर्श व्यक्तित्वका रूपमा चर्चा गर्दै भने, ‘नयाँ नेपाल बनाउने मदन भण्डारीको सपना अधुरै छ । त्यो आज उहाँका उत्तराधिकारीहरुले पुरा गर्नुपर्नेछ ।’ नयाँ नेपाल बनाउने सपना पूरा गर्न सजिलो नभएको पनि ओलीले बताए ।
‘चुनौतीहरू छन् । विरोधीहरू षडयन्त्रपूर्ण ढङ्गले आउँछन् । यसको अर्थ यी सपना पुरा गर्न सकिँदैन भन्ने होइन । हामी चुनौतीको सामना र षडयन्त्रहरूलाई परास्त गर्न सक्छौ र सपनालाई साकार पार्न सक्छौ’, अध्यक्ष ओलीको भनाइ छ ।
उनले एमालेले लिएको विचार सही भएको भन्दै नेता कार्यकर्ताहरूमा आत्मविश्वास र उच्च मनोबल कायम राख्नुपर्ने बताए ।
‘विचारको हिसाबले सही विचार लिएका छौ, सङ्गठन पनि व्यापक छ । तर हामी अझ सुदृढ हुन जरुरी छ । यसो भएमा उहाँहरूले छोडेर गएका अधुरा अभिभाराहरू पुरा गर्न सकिन्छ । आजको दिन हामीले सङ्कल्प गर्ने दिन पनि हो । हाम्रा नेताका जायज र देश बनाउने सपनाहरू पुरा गर्न नसकिने कुरा हुँदैन’, अध्यक्ष ओलीको भनाइ छ । २०५० साल जेठ ३ गते महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगा दुर्घटनामा निधन भएको थियो । आजसम्म उक्त घटना रहस्यमै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण