नागरिक उन्मुक्ति पार्टीको बैठक : सरकारबाट फिर्ता होला ?
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बाेलाएकाे छ । सो पार्टीले डिल्लीबजारस्थित कारागारमै पदाधिकारी बैठक बोलाएको हो । कैलालीको टिकापुरमा २०७२ सालमा भएको घटनाका प्रतिवादी रेशमलाल चौधरीलाई सफाइ दिन सर्वोच्च अदालतले अस्वीकार गरेपछि नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलाएको हो ।
सत्ता साझेदारी दलको रूपमा रहेको नागरिक उन्मुक्ति सरकारमा रहने कि नरहने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको सङ्गठन विभागका प्रमुख लक्ष्मणकिशोर चौधरीले बताए । ‘हामीले रेशम चौधरीको रिहाको सर्तमा सरकारलाई समर्थन गरेका थियौँ, चौधरीलाई रिहा गर्ने प्रतिबद्धता सरकारको तर्फबाट दिइएको थियो तर हिजो प्रतिबद्धता विपरित निर्णय आयो’ उनले भने, ‘अब हामी सरकारमा बस्ने कि नबस्ने त्यो विषयमा छलफल हुन्छ ।’
उनले थरुहट आन्दोलनलाई सरकारले अपमान गरेको बताए । बैठकको निर्णयबारे चौधरीले भने, ‘सरकारमै रहेर सङ्घर्ष गर्ने, सरकार तथा सदनलाई दबाब दिने पनि हुनसक्छ, टिकापुरको घटना राजनीतिक घटना हो, त्यसलाई राजनीतिक रूपमै बुझ्नुपर्छ ।’ उनले घटनास्थलमा उपस्थित नै नभएको व्यक्तिलाई जेलमा राखिएको बताउँदै अहिले राजनीतिक प्रतिशोध लिने काम भइरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण