जेलबाट रेशमले भने– सर्वोच्चको फैसलाले रत्तीभर विचलित छैन

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन् । आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताए । ‘मिति २०८० ज्येष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न,’ विज्ञप्तिमा उल्लेख छ ।
टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनमा जान सकिने चौधरीले बताए । ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्नहुन अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।
आफूलाई अझै सर्वोच्च न्यायालयप्रति भरोसा रहेको उनको भनाइ छ । ‘हामी अझै न्यायिक पर्खाइमा छौं । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु, उनले भने, ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तीभर मन विचलित छैन ।’
आफू पुस्तक लेखिरहेको भन्दै केही दिनमा ‘धरातल’ नामक पुस्तकका आउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’
-
फेरि विवादमा तानिए प्रकाश सपुत
-
माटोलाई शतप्रतिशत शुद्ध बनाउन लाग्नुपर्छ ः मन्त्री भुसाल
-
अहिले सरकार फेरबदलबारे छलफल भएको छैन : महामन्त्री शर्मा
-
माटोको स्वास्थ्य र उर्वराशक्ति कायम गर्ने दुई किसान सम्मानित
-
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन: अर्थमन्त्री डा. महत