नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीमाथि कारबाही सुनिश्चित गर्न गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुमाथि कारबाही सुनिश्चित गर्न आग्रह गरेको छ । भुटानी शरणार्थी प्रकरणका सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरुको सुक्ष्म अध्ययन÷अनुसन्धान गरी दोषीहरु प्रमुख दलका शीर्ष नेतासहित जो कोही भए पनि कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने भन्दै शान्ति समाजले गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो ।
यसैगरी सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चित हुनुपर्ने र मानव अधिकार मैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउन पनि शान्ति समाजले आग्रह गरेको छ । भ्रष्टाचारका दर्जनौं जघन्य काण्डहरुमा सम्मिलित नेताहरुलाई कारबाही नहुँदा नागरिकहरुमा चरम आक्रोश बढ्दै गइरहेकोतर्फ पनि शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।
शान्ति समाजको प्रतिनिधिमण्डलमा सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाडौं शाखा सभापति भगवान पुडासैनी, काठमाडौं शाखाका पूर्व सभापति ईश्वर पुडासैनी र शाखा कोषाध्यक्ष विकास थापा सम्मिलित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता