सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको मृत्यु

काठमाडौँ । सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको मृत्यु भएको छ ।
सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कँदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी शेर्पा सहयोगी फूर्वा शेर्पाको निधन भएको नेपाली सेनाले जनाएको छ । उनको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै सगरमाथाको आरोहण गरी फर्कने क्रममा टोलीका केही सदस्य समेत अस्वस्थ बनेका छन् । सहसेनानी दिपेन्द्रसिंह खत्रीलगायत अस्वस्थ बनेका हुन् । खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीहरु समेतको सहयोगमा क्याम्प–२ सम्म ल्याइ त्यहाँबाट थप उपचारको लागि काठमाडौँ ल्याएको छ ।
यस्तै अन्य तीन जनालाई पनि उपचारको लागि काठमाडौँ ल्याइएकोमा हाल सबैको अवस्था सामान्य रहेको सेनाले जनाएको छ । केही दिनयता टोलीमा संलग्न १० जनाको टोलीले सगरमाथाको आरोहण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुहाङले गराए रवि–राँके–भेडेटार सडकबारे ध्यानाकर्षण
-
विद्युत् पोलमा ठोक्किएर मोटरसाइकलसहित झाडीमा बेपत्ता युवकको शव भेटियो
-
सीता महोत्सवमा सार्वजनिक विदा दिन माग
-
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु