सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको मृत्यु
काठमाडौँ । सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको मृत्यु भएको छ ।
सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कँदै गर्दा अभियानमा संलग्न संखुवासभा निवासी शेर्पा सहयोगी फूर्वा शेर्पाको निधन भएको नेपाली सेनाले जनाएको छ । उनको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै सगरमाथाको आरोहण गरी फर्कने क्रममा टोलीका केही सदस्य समेत अस्वस्थ बनेका छन् । सहसेनानी दिपेन्द्रसिंह खत्रीलगायत अस्वस्थ बनेका हुन् । खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीहरु समेतको सहयोगमा क्याम्प–२ सम्म ल्याइ त्यहाँबाट थप उपचारको लागि काठमाडौँ ल्याएको छ ।
यस्तै अन्य तीन जनालाई पनि उपचारको लागि काठमाडौँ ल्याइएकोमा हाल सबैको अवस्था सामान्य रहेको सेनाले जनाएको छ । केही दिनयता टोलीमा संलग्न १० जनाको टोलीले सगरमाथाको आरोहण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण