बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीद्वारा सगरमाथाको सफल आरोहण

बुधबार, ०३ जेठ २०८०, २० : ३९
बुधबार, ०३ जेठ २०८०

काठमाडौँ । नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले सगरमाथाको सफल आरोहण गरेका छन् । जेठ २ गते मंगलबार बिहान उनले सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । 

उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा इन्टरपोलको समेत झण्डा फहराउन सफल भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले चैत ३० गते उनलाई शुभकामना सहित उक्त झण्डाहरु हस्तान्तरण गरेका थिए । उनी आरोहणका लागि वैशाख २ गते काठमाडौँबाट प्रस्थान गरेका थिए । 

पहिलो पटक वि.सं. २०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । 

साथै २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाइको लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप