शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारको विरोधमा आज राप्रपाले पनि प्रदर्शन गर्ने

बिहीबार, ०४ जेठ २०८०, १० : २१
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा आज प्रदर्शन गर्ने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो । 

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार वसन्तपुरमा आज दिनको १ बजे प्रदर्शन गरिनेछ ।  यसैगरी, निजामती कर्मचारी आबद्ध कुनै पनि सङ्गठन नबनाउने पनि राप्रपाले निर्णय लिएको छ ।

'अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ, त्यसैले राप्रपाले सरकारी वेतनधारीको भातृ सङ्गठन नबनाउने निर्णय गरेको छ,’ उनले भने । उनका अनुसार एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुन्डाएर सन्सारमा कुनै देशले प्रगति गरेको छैन।सरकारी वेतनधारीको भातृ सङ्गठन जघन्य अपराध रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप