भ्रष्टाचारको विरोधमा आज राप्रपाले पनि प्रदर्शन गर्ने
बिहीबार, ०४ जेठ २०८०, १० : २१
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा आज प्रदर्शन गर्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो ।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार वसन्तपुरमा आज दिनको १ बजे प्रदर्शन गरिनेछ । यसैगरी, निजामती कर्मचारी आबद्ध कुनै पनि सङ्गठन नबनाउने पनि राप्रपाले निर्णय लिएको छ ।
'अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ, त्यसैले राप्रपाले सरकारी वेतनधारीको भातृ सङ्गठन नबनाउने निर्णय गरेको छ,’ उनले भने । उनका अनुसार एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुन्डाएर सन्सारमा कुनै देशले प्रगति गरेको छैन।सरकारी वेतनधारीको भातृ सङ्गठन जघन्य अपराध रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण