शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई कास्की मोडेल हस्पिटलमा विशेष छुट

बिहीबार, ०४ जेठ २०८०, १३ : ०१
बिहीबार, ०४ जेठ २०८०

पोखरा । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन पोखराको न्यूरोड स्थित कास्की मोडेल हस्पिटलसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । 

यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले पोखराको न्यूरोडमा स्थित कास्की मोडेल हस्पिटलमा विभिन्न सेवा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैङ्कको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप