सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

३२ अंकले बढ्दै नेप्से सूचक १८ सय ७७ अंकमा उक्लियो, १ अर्ब ४७ करोडको कारोबार

बिहीबार, ०४ जेठ २०८०, १५ : २२
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । नेप्से सूचक बढेर १८ सय ७७ अंकको विन्दुमा उक्लिएको छ । आज नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा उक्लिएको हो । 

आज कारोबार रकम समेत बढेर १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

आज १३ वटै उपसूचक धनात्मक हुँदै गर्दा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज हिमालय ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको हो । 

यता नबिल ग्रोथ फन्डका लगानीकर्ताहरूले भने आज ३.१४ प्रतिशतले गुमाउन पुगेका छन् । 

आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको करिब नजिक नजिक आइपुग्दा सेयर बजारले समेत सकारात्मक बाटो लिएको छ । १८ सय २१ को विन्दुबाट सुरु भएको यो साताको सेयर कारोबार ५६ अंकमाथिले बढ्दै  बिहीबार १८ सय ७७ अंकको विन्दुमा पुगेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप