३२ अंकले बढ्दै नेप्से सूचक १८ सय ७७ अंकमा उक्लियो, १ अर्ब ४७ करोडको कारोबार
काठमाडौँ । नेप्से सूचक बढेर १८ सय ७७ अंकको विन्दुमा उक्लिएको छ । आज नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा उक्लिएको हो ।
आज कारोबार रकम समेत बढेर १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
आज १३ वटै उपसूचक धनात्मक हुँदै गर्दा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज हिमालय ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेको हो ।
यता नबिल ग्रोथ फन्डका लगानीकर्ताहरूले भने आज ३.१४ प्रतिशतले गुमाउन पुगेका छन् ।
आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको करिब नजिक नजिक आइपुग्दा सेयर बजारले समेत सकारात्मक बाटो लिएको छ । १८ सय २१ को विन्दुबाट सुरु भएको यो साताको सेयर कारोबार ५६ अंकमाथिले बढ्दै बिहीबार १८ सय ७७ अंकको विन्दुमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण