सरकारका निकायहरु पारदर्शी हुन सकेनन् : मुख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले सरकारका निकायहरु पारदर्शी हुन नसकेको गुनासो गरेका छन् । बिहीबार हेटौंडामा आयोजित विज्ञापन नियमन सम्बनधी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले जनताले लडेर ल्याएको व्यवस्थामा सरकारी निकायहरुको कमजोरीका कारण असन्तुष्टि पैदा भएको बताए ।
मुख्यमन्त्री जम्कट्टेलले जनताका असन्तुष्टिहरुलाई समाधानका लागि सरकारी निकायहरु परिवर्तन हुनुपर्ने धारणा व्यक्त गरे ।
‘हाम्रा सरकारी निकायहरु पारदर्शी छैनन् । हामीले नहुने काम हुँदैन भन्न सक्नुपर्छ । हुन्छ भनेर टार्ने कामले गर्दा वर्तमान व्यवस्था प्रतिनै जनताको असन्तुष्टि बढ्दो छ,’ उनले भने, ‘जनताले लडेर ल्याएको व्यवस्था प्रति बढ्दो असन्तुष्टि सरकारी निकायको कमजोरीका कारण आएको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।’
समानसुपातिक समावेशी र धर्म निरपेक्षताका लागि लडेर निर्माण गरेको नेपालको संविधान उत्कृष्ट मानिएको र त्यसलाई स्थापित गर्न सफल भएको उनले बताए । संघीयता कार्यान्वयन पछि पनि अधिकारहरु संघ सरकारले रिजर्भ गरेर राख्न नहुने उनले बताए ।
वर्तमान माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई अधिकार दिने विषयमा थुप्रै कामहरु गर्न सफल भएको उनको भनाई छ ।
प्रदेश सरकारले सञ्चार ऐन बनाएर सञ्चार रजिष्ट्रार नियुक्त गरी सञ्चार सम्बन्धी अधिकार संघ सरकारबाट ल्याउने प्रयत्न गरेको भएपनि सफलता पाउन नसकेको उनले बताए । सञ्चार रजिष्ट्रार नियुक्त भएपछि थुप्रै कामहरु गर्न सरकार सफल भएको उनको भनाई छ ।
संघीयता कार्यान्वयनका विषयमा तीनै तहका सरकार स्पष्ट हुन जरुरी रहेको उनले बताए । संविधान र संघीयता बलियो बनाउने विषयमा राज्यका सबै संरचना अघि बढ्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण