बक्सिङ च्याम्पियनसिपका पदक विजेता सम्मानित
काठमाडौँ । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए । पुरुष ८६ केजीमा विजय बाटाले कांस्य हात पारेको थिए ।
सुष्माले २० हजार नगद पुरस्कार पाइन् । सुष्माले जितेको रजत पदक नेपाली बक्सिङको इतिहासमा कुनैपनि नेपाली खेलाडीले एसियाली स्तरमा जितेको सबै भन्दा ठूलो पदक हो । बाँकी कांस्य विजेताले जनही १० हजार नगद पुरस्कार पाए । झापाकी त्रिशा भने कार्यक्रममा उपस्थित थिइनन् ।
सो प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दिप श्रेष्ठ समान ५–५ हजार नगदसहित सम्मानित भए भने व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा सहभागी लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारलाई पनि प्रशंसा पत्रबाट सम्मानित भए ।
सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुर्याएवापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तण्डुकार पनि सम्मानित भए ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, बागमती प्रदेशकी सांसद मिना पराजुली, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले, नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सो अवसरमा खेलकुद मन्त्री लिम्बूले खेलकुदलाई माथि उठाउन सक्दो र इमानदार प्रयास गर्ने बताए । अध्यक्ष गुरुङले खेलाडीको हौसला अभिवृद्धि गर्न संघले खेलाडीलाई सम्मान गर्दै आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण