केरलामा पाँच वर्षीय बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्षको जेल सजाय

नयाँ दिल्ली । पाँच वर्षीय बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफ्नै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ।
केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजाय सुनाएको हो । देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन अनुसार कुल ८४ वर्षको जेल सजाय सुनाएको हो ।
विशेष अदालतले कैद बाहेक तीन÷तीन लाख जरिवाना समेत गरेको र जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले जानकारी दिए । उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ ।
पीडित युवतीलाई २०२१ मा घरमा बाबु र मामाले पटक–पटक बलात्कृत गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ गते बालिकाकी आमाले थाहा पाए पछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन । त्यसपछि उनीहरूलाई पक्राउ गरी अदालतमा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढकमक्क फुलेका गुलमोहरमा लोभिए पर्यटक
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
प्रतिनिधि सभा बैठक : यस्तो छ आजको कार्यसूची ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
म्यान्सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले उचाल्यो एफए कपको ट्रफी, ग्वार्डिवला स्तब्ध
-
तरुण दल अधिवेशन : खुकुरी प्रहारबाट को-को भए घाइते ?