केरलामा पाँच वर्षीय बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्षको जेल सजाय
नयाँ दिल्ली । पाँच वर्षीय बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफ्नै बुवा र मामालाई ८४ वर्षको जेल सजाय सुनाएको छ।
केरलाको विशेष पोक्सो अदालतले बिहीबार सो सजाय सुनाएको हो । देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन (पोक्सो), भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन अनुसार कुल ८४ वर्षको जेल सजाय सुनाएको हो ।
विशेष अदालतले कैद बाहेक तीन÷तीन लाख जरिवाना समेत गरेको र जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले जानकारी दिए । उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ ।
पीडित युवतीलाई २०२१ मा घरमा बाबु र मामाले पटक–पटक बलात्कृत गरेको र पछिल्लो बलात्कारको घटना २०२१ डिसेम्बर २४ गते बालिकाकी आमाले थाहा पाए पछि बाल कल्याण समितिमा उजुरी गरेकी थिइन । त्यसपछि उनीहरूलाई पक्राउ गरी अदालतमा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण