माओवादी उपाध्यक्ष सापकोटा सहितको टोली चीन प्रस्थान
शुक्रबार, ०५ जेठ २०८०, ११ : २९
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा सहितको २० सदस्यीय टोली आज चीन प्रस्थान गरेको छ । पूर्व सभामुख सापकोटा सहितको टोली आजै चीनको छिन्दुका लागि हिँडेको हो ।
सापकोटासहित सचिव डिलाराम आचार्य, हितमान शाक्य, गणेश शाह सहित प्रदेश अध्यक्ष, जनवर्गीय संगठनका नेताहरु चीन जान लागेको भ्रमण दलका सदस्य जिपी मैनालीले बताए । चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीच दुई देशबीचका अनुभव आदनप्रदान गर्ने उद्देश्यका साथ चीन भ्रमणमा जान लागेको मैनालीले बताए ।
चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका अरु पार्टीबीच पनि अनुभव आदनप्रदान गर्न नियमित भ्रमण हुँदै आएको छ । यो बीचमा कोरोना महामारी भएकाले भ्रमण रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण