भ्रष्टाचारविरुद्ध जनमत पार्टीद्वारा वीरगन्जमा ४ दिनदेखि विरोध प्रदर्शन
पर्सा । नक्कली शरणार्थी प्रकरणमा सम्लग्नहरुलाई निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टले वीरगन्जमा ४ दिनदेखि लगातार विरोध प्रदर्शन गरेको छ ।
जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा भएको विरोध कार्यक्रममा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन निष्पक्ष हुनुपर्ने , मधेस सरकारको साइकल घोटाला काण्ड, छोरी बिमा कार्यक्रम, पोखरी सौन्दर्यीकरणको नाममा भएको अनियमितता छानबिन गरेर संलग्न सबैलाई कडा कारबाही गरी सबै सम्पत्ति जफत गर्नु पर्ने माग गरेका छन् ।
विरोध कार्यक्रममा घटनाको निष्पक्ष छानबिन गर्न खुट्टा नकमाउन प्रहरीलाई उनीहरुले आग्रह समेत गर्दै आएका छन् । जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भ्रष्ट्राचार घटनामा अनुसन्धान र दोषीलाई कारबाही नभएसम्म विरोध कार्यक्रम जारी राख्ने बताए । ‘आन्दोलनको स्वरूप परिवर्तन होला तर विरोध कार्यक्रम रोकिँदैन’ अध्यक्ष सरार्फले भने ।
विरोध कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य डा अजय यादव , जिल्ला सह– इन्चार्ज मुकेश द्धिवेदी, सह संयोजक रामजी रौनियार, महिला सङ्गठनको अध्यक्ष अञ्जना गुप्ता, अधिवक्ता हरिहर साह, कृष्ण पटेल, जिल्ला सचिव रेखा यादव, राजनारायण मिश्र, विद्यार्थी जिल्ला अध्यक्ष राजु गिरी, अजय चौरसिया, श्याम गुप्ता, बिराजु यादव, राम नरेश पटेल ,सञ्जय बर्मा, विजय यादव ,उमाशङ्कर गुप्ता, महेश चौरसिया ,महादेव शर्मा, कृष्ण कुशवहा ,मनोज पटेल, गुडु तिवारी लगायतका सहभागिता रहने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण