विश्वकप फुटबलको लोगो सार्वजनिक
काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताको २३ औँ संस्करणको लोगो सार्वजनिक गरिएको छ । प्रतियोगिताको मुख्य आयोजक विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार एक भव्य समारोहबीच विश्वकपको लोगो सार्वजनिक गरेको हो ।
आगामी विश्वकप उत्तर अमेरिकी राष्ट्र संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन् । तीनवटा राष्ट्रले संयुक्त रूपमा विश्वकप आयोजना गर्न लागेको भने यो पहिलो पटक हो ।
विश्वकपको लोगो सार्वजनिक गर्न आयोजित समारोहमा फिफाका पदाधिकारी, स्थानीय आयोजकका प्रतिनिधि, चर्चित खेलाडी र विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । यसपटक लोगोमा विश्वकपको ट्रफीलाई पनि समावेश गरिएको छ । विश्वकप फुटबलको इतिहासमा पहिलो पटक लोगोमा विश्वकप ट्रफीलाई चित्रण गरिएको हो ।
आगामी विश्वकप सन् २०२६ मा आयोजना हुने भएकाले २ र ६ अक्षरको माथि विश्वकप ट्रफी राखेर ट्रफीको तल फिफा लेखिएको छ ।
लोगो सार्वजनिक गर्न आयोजित कार्यक्रममै फिफाले ‘वी आर २६’ अभियान पनि सुरु गरेको छ । यो अभियानले सन् २०२६ को विश्वकपको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास फिफाले लिएको छ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ‘वी आर २६’ अभियान निकै महत्त्वपूर्ण भएको बताए । ‘यसको अर्थ विश्वकपमा तीन आयोजकहरू एक भएर सन् २०२६ मा विश्वभरका खेलाडी, पाहुना र समर्थकलाई स्वागत गर्न आतुर छौँ भन्ने सन्देश दिएको छ,’ उनले भने ।
आगामी विश्वकपका खेलहरू तीन राष्ट्रका १६ वटा सहरमा खेलाइने भएको छ । अमेरिकाका ११ वटा सहरका रङ्गशालामा विश्वकपका खेलहरू खेलाइने फिफाले जनाएको छ । यसैगरी मेक्सिकोका तीन र क्यानडाका दुईवटा सहरका रङ्गशालामा विश्वकपका खेलहरू खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण