सुदूरपश्चिम प्रदेश : सामाजिक विकास मन्त्रीमा माओवादी र नाउपाको दावी
धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टी र नेकपा माओवादी केन्द्रले दावी गरेका छन् । आजै सुदूरपश्चिम मन्त्री मण्डलले पूर्णता पाउने बताइएको छ । तर ती दुई दलले सामाजिक विकास मन्त्रालयमा आ–आफ्नो अडान कायम राखेका हुन् । दुई दलले आफ्नो अडान कायमै राखेपछि मुख्यमन्त्री कमलबहादुर शाहलाई पूर्णता दिन सकस भएको बताइएको छ ।
नाउपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुबीचको छलफलमा २ मन्त्रालयमा आफूहरूको सहमति भएको भन्दै आफ्नो दाबी कायमै राखेको छ । जसअनुसार नाउपाले सामाजिक विकास मन्त्रालयका लागि रामेश्वर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा लक्ष्मणकिशोर चौधरीलाई पठाउने निर्णय गरेको छ ।
उता सत्तारुढ दल नेकपा माओवादीले २ मन्त्री र १ राज्यमन्त्रीसहित सरकारमा जाने निर्णय गरेको छ । माओवादीका संसदीय दलका नेता खगराज भट्टले सामाजिक विकास मन्त्रालयको लागि झपट साउद, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको लागि रमेश धामी र राज्यमन्त्रीमा गीता देवी माललाई पठाउने निर्णय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण