बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश : सामाजिक विकास मन्त्रीमा माओवादी र नाउपाको दावी

शुक्रबार, ०५ जेठ २०८०, १३ : ३१
शुक्रबार, ०५ जेठ २०८०

धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टी र नेकपा माओवादी केन्द्रले दावी गरेका छन् । आजै सुदूरपश्चिम मन्त्री मण्डलले पूर्णता पाउने बताइएको छ । तर ती दुई दलले सामाजिक विकास मन्त्रालयमा आ–आफ्नो अडान कायम राखेका हुन् । दुई दलले आफ्नो अडान कायमै राखेपछि मुख्यमन्त्री कमलबहादुर शाहलाई पूर्णता दिन सकस भएको बताइएको छ ।

नाउपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुबीचको छलफलमा २ मन्त्रालयमा आफूहरूको सहमति भएको भन्दै आफ्नो दाबी कायमै राखेको छ । जसअनुसार नाउपाले सामाजिक विकास मन्त्रालयका लागि रामेश्वर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा लक्ष्मणकिशोर चौधरीलाई पठाउने निर्णय गरेको छ ।

उता सत्तारुढ दल नेकपा माओवादीले २ मन्त्री र १ राज्यमन्त्रीसहित सरकारमा जाने निर्णय गरेको छ । माओवादीका संसदीय दलका नेता खगराज भट्टले सामाजिक विकास मन्त्रालयको लागि झपट साउद, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको लागि रमेश धामी र राज्यमन्त्रीमा गीता देवी माललाई पठाउने निर्णय भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप