सगरमाथाको आधार शिविरमा भारतीय महिलाको मृत्यु, तीन दिनमा चौथो मृत्यु
सगरमाथा आरोहण गर्ने तयारीमा रहेकी एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा बस्ने ५९ वर्षकी सुजेन लियोपोल्डिना जिससलाई पेसमेकर राखिएको थियो । तर उनी यही अवस्थामा सगरमाथा आरोहण बनाएर कीर्तिमान राख्न चाहन्थिन् ।
आधार शिविरबाट २५० मिटर माथि चढ्न उनलाई १२ घण्टाको समय लाग्यो । त्यसपछि उनको अवस्था बिग्रियो । बिहीबार लुक्ला अस्पतालमा उनको मृत्यु भयो ।
पछिल्लो तीन दिनमा यो चौथो घटना हो ।
जेठ ४, बिहीबार :
साउथ समिट नजिकै अज्ञात चिनियाँ पर्वतारोहीको मृत्यु भयो । यी पर्वतारोही आँखाको चस्मा फेर्ने कोसिस गरिरहेका थिए र उनले डेथ जोन (२६,००० फिट) मा आफ्नो अक्सिजन ट्याङ्क हटाएका थिए ।
जेठ ४, बिहीबार :
मुम्बईमा बस्ने सुजेनको बेस क्याम्पमा ६ दिन बिरामी भएपछि बिहीबार बिहान उनको मृत्यु भयो । सुजेन स्वास्थ्य खराब भए पनि सगरमाथा चढ्ने जिद्दी गरिरहेकी थिइन् तर उनलाई स्वास्थ्योपचारका लागि लुक्ला लगिएको थियो ।
जेठ ३, बुधवार :
साउथ कोलमा बिरामी परेपछि मोल्दोवाका एक व्यक्तिको क्याम्प–४ मा मृत्यु भयो । भिक्टर ब्रिन्जा नामका व्यक्तिलाई विक्टर मेलनिक भनिन्थ्यो । उनले आफ्नो फेसबुक पेजमा सगरमाथा आधार शिविरको तस्बिर पनि पोस्ट गरेका थिए ।
जेठ २, मंगलबार :
नेपाली सेनाको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा आरोहण सकेर आधार शिविरतर्फ फर्कँदै गर्दा अभियानमा संलग्न सङ्खुवासभा निवासी फुर्वा शेर्पाको निधन जेठ २ गते निधन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण