शरणार्थी नेता रिजाल र सागर राईबीच कनेक्सन
काठमाडौँ । भुटानी नेल्सन मन्डेला भनेर चिनिने शरणार्थी नेता टेकनाथ रिजाल बिहीबारदेखि प्रहरीको हिरासतमा छन् । भुटानी शरणार्थीको कोटामा नेपाली नागरिकलाई अमेरिका पठाउने गिरासँग मिलेमतो देखिएको आरोपमा प्रहरीले उनीबारे अनुसन्धान गरिरहेको छ । भुटानको थिम्पुमा निडर र निष्ठावान् भनेर चिनिएका रिजाल शरणार्थी बनाइएपछि नेपालमा छन् । भुटानमा राजकीय ओहदा पाएका रिजालले चिराङबाट चुनाव जितेर संसदमा पुगेका थिए । भुटानमा भ्रष्टाचार छानबिन गर्ने अधिकार सम्पन्न आयोगमा पदाधिकारी भएर काम गरेका रिजाल अहिले ‘शरणार्थीको नाममा ठगी’ आरोप खेप्न बाध्य छन् ।
शरणार्थीको नाममा ठग्ने गिरोहका सदस्य सागर राई चैत १० मा ललितपुरको बालकुमारीबाट पक्राउ परेका थिए । मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० का निवर्तमान वडा अध्यक्ष राईको बयानका आधारमा रिजालमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सागरले अमेरिका जान चाहनेहरूसँग उठाएको पैसामध्ये ७ लाख रुपैयाँ भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई बुझाएको बयान दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।
सागर राई नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधि समेत हुन् । मोरङ र झापाका शरणार्थी शिविरमा आउजाउ गर्दा सागर र टेकनाथबीच चिनजान भयो । सङ्गठित ठगीमा टेकनाथको पनि भूमिका देखिएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘लेनदेन र गिरोहलाई प्रशय दिने भूमिका रिजालको पनि देखिन्छ ।’ शरणार्थीको नाममा ठगी धन्दा चलाएको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र तत्कालीन गृह–सचिव टेकनारायण पाण्डेसहित १६ जना थुनामा छन् । प्रहरीले आरोपीहरुविरुद्ध प्रहरीले सङ्गठित ठगीसहित ३ वटा मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण