भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै ठगी गर्ने गिरोहका अर्का सदस्य पक्राउ
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहका सदस्य मोरङका सागर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयमा प्राप्त उजुरीमाथि छानबिन गर्न प्रहरीले राईलाई बुधबार साँझ पक्राउ गरेको हो । राईले मोरङ पथरीका दर्जनौं सर्वसाधारणलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाइदिने भन्दै पैसा उठाएको पीडितहरुले प्रहरीमा बयान दिएका छन् ।
उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा। मनोज केसीका अनुसार राईलाई बुधबार साँझ बालकुमारीबाट पक्राउ गरिएको हो । पथरी–शनिश्चरे नगरपालिका वार्ड नम्बर १० का निवर्तमान वाडाध्यक्षसमेत रहेका राई नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधिसमेत रहेको अनुसन्धानबाट खुलेको छ ।
शरणार्थी बनाई अमेरिका पठाउने गिरोह चलाउँदै आएको आरोपमा यसअघि पक्राउ परेका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई भने प्रहरीले गत आइतबार पक्राउ गरिसकेको छ। राईले निर्वाचित वडाध्यक्ष भएकै बेला अमेरिका जाने सपना देखाउँदै केही सर्वसाधारणबाट लाखौं रुपैयाँ उठाएको पीडितहरुले प्रहरीमा बताएका छन्।
एसएसपी केसी रातोपाटीसँग भने,‘ हामीले पीडितको बयान अनुसार राईलाई नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान हुँदैछ।’ प्रहरीका अनुसार दुलालले पनि बयानमा राईको नाम उल्लेख गरेका छन्।
कांग्रेसका नेतासँग बाक्लो उठबस

पक्राउ मध्येका मुख्य आरोपी केशव दुलालको नेपाली कांग्रेसका नेतासँग बाक्लो उठबस रहेको पाइएको छ । उनले कांग्रेसका वरिष्ठ नेतासँग फोटो खिचाएर आफ्नो सम्बन्धबारे सर्वसाधारणलाई देखाउँदै पैसा उठाउँदै आएको अनुसन्धानबाट खुलेको छ।
कांग्रेस नेतृ सुजात कोइराला परराष्ट्र मन्त्री भएका बेला स्वकीय बनेका दुलालले कांग्रेसका नेता शेखर कोइराला, शशांक कोइराला, डा. मिनेन्द्र रिजालसँग समेत फोटो खिचाएका छन् । त्यही फोटोका आधारमा समेत उनले कांग्रेसका नेतासँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै भुटानी शरणार्थी परिचय पत्र बनाएर अमेरिका पठाउने बचन दिएको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण