नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन : सांसद देव
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन् ।
सो प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने उनको भनाई थियो । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले सो प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सांसद देवले मुलुकमा भ्रष्टाचारको नेक्सस नै खडा भएको उल्लेख गर्दै त्यसलाई सरकारले निरन्तर निगरानीमा राख्नुपर्ने बताए । मुलुकमा भ्रष्टाचार अव पनि बढ्दै जाने हो भने प्रतिगमनकारीहरुले टाउको ठड्याउन सक्ने पनि उनले स्मरण गराए ।
सांसद देवले नेपाली जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा चाहिरहेको उल्लेख गर्दै त्यस काममा सरकार अग्रसर हुनुपर्ने समेत औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण