नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन : सांसद देव
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन् ।
सो प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने उनको भनाई थियो । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवले सो प्रकरण राज्यविरुद्धको अपराध भएकाले त्यसमा संलग्न जोकोहीलाई कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सांसद देवले मुलुकमा भ्रष्टाचारको नेक्सस नै खडा भएको उल्लेख गर्दै त्यसलाई सरकारले निरन्तर निगरानीमा राख्नुपर्ने बताए । मुलुकमा भ्रष्टाचार अव पनि बढ्दै जाने हो भने प्रतिगमनकारीहरुले टाउको ठड्याउन सक्ने पनि उनले स्मरण गराए ।
सांसद देवले नेपाली जनताले भ्रष्टाचारको अन्त्य, सुशासन र सेवा चाहिरहेको उल्लेख गर्दै त्यस काममा सरकार अग्रसर हुनुपर्ने समेत औंल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट
-
फ्राईडे रिलिज : राजेशको ‘नरसिंहा : अवतार’सँग भिड्दै तीन विदेशी फिल्म