आमरण अनसनमा बसेका सांसद गौतमको जीवन रक्षा गर्न आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनसनमा बसेका बर्दिया क्षेत्र नं. १ बाट निर्वाचित सांसद सञ्जयकुमार गौतमको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले शुक्रबार एक विज्ञप्तिमार्फत गौतमले उठाएका उचित मागहरुको सार्थक वार्ता र संवादको माध्यमबाट सम्बोधन गरी आमनागरिकको विकासको अधिकारकोे सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेको हो ।
गौतम ‘हाम्रो बर्दिया बचाऔँ : समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानअन्तर्गत पन्ध्र बुँदे मागहरु राखी विगत सात दिनदेखि बर्दियामा आमरण अनसनमा छन् ।
गौतमको शरीरमा पानीको मात्रा कम भई पिसाबमा समस्या देखिएको, उच्च रक्तचापको बिरामी भएको हुँदा जुनसुकै समयमा गम्भीर समस्या निम्तिन सक्ने अवस्था रहेको, अनसनको सातौँ दिनसम्म पनि सरकारी निकायबाट अनसन तोड्न कुनै पहल नभएको र अनसनस्थल सडक एवम् स्वास्थ्य सुविधाबाट टाढा रहेकाले आकस्मिक समस्या सिर्जना भैहालेमा जीवन नै जोखिममा पर्नसक्ने अवस्था रहेको अनुगमनबाट पाइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण