नीति तथा कार्यक्रममा ऊर्जा– हाइड्रोजनको उत्पादन सम्भाव्यता अध्ययन, एलपी ग्यासको प्रतिस्थापन
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि खाना पकाउने एलपी ग्यासलाई विद्युतबाट विस्थापन गर्दै लग्ने घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षदेखि एलपी ग्यासको प्रतिस्थापन तीव्र बनाउने घोषणा गरेका हुन् । उनले सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज ऊर्जालाई नवीकरणीय ऊर्जाबाट विस्थापन गर्ने बताएका हुन् । यस्तै, आगामी वर्षदेखि हाइड्रोजन ऊर्जाको उत्पादनको सम्भाव्यता सुरु गर्ने तथा ऊर्जा मिश्रण नीति प्रवर्द्धन गर्ने समेत उनको घोषणा छ ।
विद्युत उत्पादन प्रसारण र वितरणलाई अघि बढाउनुका साथै देशभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने समेत उनको भनाई छ । निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने, ऊर्जा नीतिलाई समसामयिक बनाउने, मध्य तथा तल्लो तटिय क्षेत्रमा बन्ने आयोजना बहुउद्देशीय बनाउने समेत सरकारको नीति छ ।
जलाशययुक्त ठूला आयोजनामा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने तथा बुढीगण्डकी आयोजनालाई प्राथमिक्तामा राख्ने योजना सरकारले बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण