ढुंगा, गिट्टी उत्खनन र निकासीको विषय फेरि बजेटमा समेटियो
शुक्रबार, ०५ जेठ २०८०, १८ : २५
काठमाडौँ । सरकारले प्राकृतिक स्रोत ढुंगा, गिट्टी, बालुवाजन्य वस्तुको उत्खनन तथा निकासीका मुद्दा पुनः बजेटमा समावेश गरेको छ । यसअघिको बजेटमा समेत उक्त मुद्दा उल्लेख गरिएकोमा सरकारले तराई–चुरे पहाड मासेर खानीजन्य पदार्थ बेच्न लागेको आरोप लागेको थियो ।
यसै विवादकाबीच सरकार पछि हटेको थियो । तर, सरकारले यो कार्यक्रम पुनः आगामी आर्थिक वर्ष २०८०/८१ मा समेट्ने गरी नीति तथा कार्यक्रम ल्याएको छ ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘वातावरण प्रतिकूल नहुने गरी नदीजन्य ढुङ्गा¸ गिट्टी¸ बालुवा सङ्कलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गरिनेछ। चुरे संरक्षण गर्दै वातावरणीय ह्रास नहुने गरी त्यस्ता खनिज वस्तुको उत्पादन र निर्यातको व्यावसायिक सम्भावना खोजिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण