नीति तथा कार्यक्रममाथि जेठ ७ देखि ११ गतेसम्म संसदमा छलफल हुने
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ७ देखि ११ गतेसम्म छलफल हुने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेपछि बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिनका लागि सांसदहरूले अग्रिम सूचना दिनुपर्नेछ । साथै त्यसमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले सो को सूचना भोलि बिहान ११ बजेदेखि २ बजेसम्म संघीय संसद् सिंहदरबारमा सूचना दिन सक्ने सभामुख घिमिरेले जानकारी गराएका छन् ।
यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू सम्मिलित हुने संयुक्त समिति गठनका लागि राष्ट्रिय सभाबाट अनिता देवकोटा, गंगाकुमारी बेल्बासे र भैरवबहादुर श्रेष्ठको नाम अनुमोदन भएर प्रतिनिधि सभामा आएको पनि उनले जानकारी दिए ।
बैठकले राष्ट्रपति रामचन्द्र पौडेलका लागि धन्यवादको प्रस्ताव पनि पारित गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण