बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

नीति तथा कार्यक्रममाथि जेठ ७ देखि ११ गतेसम्म संसदमा छलफल हुने

शुक्रबार, ०५ जेठ २०८०, १८ : ४१
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ७ देखि ११ गतेसम्म छलफल हुने भएको छ । 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेपछि बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यसबारे जानकारी गराएका हुन ।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिनका लागि सांसदहरूले अग्रिम सूचना दिनुपर्नेछ । साथै त्यसमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरूले सो को सूचना भोलि बिहान ११ बजेदेखि २ बजेसम्म संघीय संसद् सिंहदरबारमा सूचना दिन सक्ने सभामुख घिमिरेले जानकारी गराएका छन् । 

यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू सम्मिलित हुने संयुक्त समिति गठनका लागि राष्ट्रिय सभाबाट अनिता देवकोटा, गंगाकुमारी बेल्बासे र भैरवबहादुर श्रेष्ठको नाम अनुमोदन भएर प्रतिनिधि सभामा आएको पनि उनले जानकारी दिए । 

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलका लागि धन्यवादको प्रस्ताव पनि पारित गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप