आर्थिक संकटलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम आएन : रास्वपा सांसद परियार
शुक्रबार, ०५ जेठ २०८०, १९ : ०८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम आउन नसकेको टिप्पणी गरेका छन् । संसद् बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसद परियारले नीति तथा कार्यक्रममा त्यस्तो उल्लेख गर्ने ठोस कार्यक्रम समावेश नभएको बताए ।
‘नीति तथा कार्यक्रममा खास रूपमा ठोस उल्लेख हुने केही आएको छैन । यो विषयमा आगामी दिनमा संसदमा घनिभूत छलफल हुने नै छ,’ परियारले भने, ‘देशको अर्थतन्त्र जुन अवस्थामा त्यसलाई सम्बोधन हुनेगरी आउन सकेको छैन । यो नीति तथा कार्यक्रमको सैद्धान्तिक र कार्यक्रमका विषयमा छलफल गर्ने नै छौं । अहिलेको आर्थिक संकटलाई सम्बोधन हुनेगरी सम्बोधन भएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण