शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आर्थिक संकटलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम आएन : रास्वपा सांसद परियार

शुक्रबार, ०५ जेठ २०८०, १९ : ०८
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम आउन नसकेको टिप्पणी गरेका छन् । संसद् बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसद परियारले नीति तथा कार्यक्रममा त्यस्तो उल्लेख गर्ने ठोस कार्यक्रम समावेश नभएको बताए ।

‘नीति तथा कार्यक्रममा खास रूपमा ठोस उल्लेख हुने केही आएको छैन । यो विषयमा आगामी दिनमा संसदमा घनिभूत छलफल हुने नै छ,’ परियारले भने, ‘देशको अर्थतन्त्र जुन अवस्थामा त्यसलाई सम्बोधन हुनेगरी आउन सकेको छैन । यो नीति तथा कार्यक्रमको सैद्धान्तिक र कार्यक्रमका विषयमा छलफल गर्ने नै छौं । अहिलेको आर्थिक संकटलाई सम्बोधन हुनेगरी सम्बोधन भएन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप