मुलुकको आवश्यकता सम्बोधन हुनेगरी नीति तथा कार्यक्रम ल्याइएको छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आवश्यकता सम्बोधन हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै उनले संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् ।
कांग्रेस प्रवक्ता समेत रहेका उनले सो नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानका लागि दिनरात नभनि सरकारले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यान्वयनका लागि आवश्यक क्षमता बढाउने र इमानदारिताका साथ त्यसलाई कार्यान्वयनमा लैजान सरकार लागिपर्ने उनको भनाई थियो । महतले भने, ‘नयाँ भनेर कुनै आविष्कार गर्ने कुरा होइन । मूल कुरा जे आवश्यकता छ देशका लागि, ती कुराहरू सरकारको नीति तथा कार्यक्रममा आएका छन् । मैले फेरी पनि भने–कार्यान्वयन गर्ने हाम्रो क्षमता बढाउनु प¥यो । इमानदार हुनुप¥यो । रातदिन काम गर्नु प¥यो । त्यो काममा हामी लाग्छौं । त्यसो भएपछि परिणाम आउन थाल्दछ । गर्ने कुरा यिनै हुन् । गरिएको कुरा पूरा गर्नु प¥र्यो, गर्छौं ।’
मन्त्री महतले सरकारको नीति तथा कार्यक्रम नयाँ आविष्कारको विषय नभएको र त्यसलाई त्यसरुपमा बुझन नहुने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण