पूर्वसांसद शेर्पा घाइते भएकोबारे प्रहरीसँग मानवअधिकार आयोगले सोध्यो कारण
काठमाडौं । पूर्वसांसद आङटावा शेर्पा घाइते भएकोबारे राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीसँग कारण सोधेको छ । जेठ १ मा साँझ प्रहरीमा आत्मसमर्पण गरेको शेर्पा भोलिपल्ट बिहान साढे ३ बजे घाइते भएका थिए । पूर्वसांसद शेर्पा शौचालयमा लडेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई जानकारी दिए ।
आयोगले शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेर सो घटनाबारे कारण सोधेको छ । घटनाबारे उजुरी आएको र त्यसबारे अनुसन्धान भइरहेको आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलले रातोपाटीलाई बताए । डा.पोखरेलले भने– ‘प्रहरी नियन्त्रणमा रहेका शेर्पा घाइते भएकोबारे हामी हेरिरहेका छौं, निष्कर्षमा पुगेका छैनौं ।’
प्रहरीले बिहान साढे ३ मा उनी लडेको दावी गर्दै आएको छ । तर, प्रहरीले टर्चर दिएको आरोप लगाएर शेर्पाको परिवारले आयोगमा उजुरी गरेका थिए । टाउकोमा सात टाँका लगाएको र टाउकोमा गहिरो चोट देखिएको आङटावाका छोरा आङनिमाले रातोपाटीलाई बताए । ‘प्रहरीले लडेको दावी गरेको ५ घण्टापछि उहाँको होस आएको थियो’ आङनिमा ले भने– ‘अहिले त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण