ट्राफिक प्रहरीको लापसे चेकिङमा ५ जना पक्राउ
काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ५ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु सबै मोटरसाइकल चालक हुन् ।
पक्राउ पर्नेमा लु ८२ प ७३ ९६ नम्बरका मोटरसाइकल चालक काठमाडौँको कीर्तिपुर बस्ने २१ वर्षीय सनिश जोशी, बागमती प्रदेश ०२–०२४ प ९२८३ नम्बरका मोटरसाइकल चालक काठमाडौँकै रामकोट बस्ने २० वर्षीय सन्देश शाही र बा ३ प ६६ ४४ नम्बरको मोटरसाइकल चालक ललितपुरको बालकुमारी बस्ने ४० वर्षीय रवी महर्जन रहेका छन् ।
यसैगरी बा ३५ प ९१ १३ नम्बरका मोटरसाइकल चालक न्युरोड बस्ने २२ वर्षीय शोभन शर्मा र बा ८४ प ४२८८ नम्बरको मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने २६ वर्षीय दिपजंग रेग्मी रहेको ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले आज २३ वटा सवारी साधन चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ५ जना मोटरसाइकल चालक फेला पारेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण